नियम ३१
उजुरीको अनुसन्धान तथा तामेली
: (१) नियम ३० को उपनियम (२) वा (४) बमोजिम विभागमा दर्ता भएको उजुरीको सम्बन्धमा आवश्यक अनुसन्धान गर्न महानिर्देशकले निरीक्षण अधिकृतलाई तत्काल आदेश दिनु पर्नेछ।
(२) नियम ३० को उपनियम (३) बमोजिम निरीक्षण अधिकृत समक्ष प्राप्त हुन आएका उजुरीको सम्बन्धमा निरीक्षण अधिकृतले तत्काल अनुसन्धान प्रारम्भ गर्नु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम अनुसन्धान गर्दा देहायको अवस्था विद्यमान भएमा अनुसन्धान अधिकृतले त्यस्तो उजुरी तामेलीमा राख्न महानिर्देशक समक्ष सिफारिस गर्न सक्नेछः-
(क) उजुरीमा उल्लिखित व्यहोरा झुट्टा वा काल्पनिक भएमा बा वतथ्ययुक्त नंदेखिएमा,
(ख) त्यस्तो उजुरीमा उल्लिखित व्यहोराको सम्बन्धमा सो उजुरी पर्नु अघि सोही बिषयमा कसैको उजुरी परी वा नपरी कारबाही शुरू भइसकेको वा विभागबाट एक पटक अनुसन्धान तथा तहकिकात भई टुङ्गो लागिसकेको देखिएमा, वा
(ग) उजुरी उपर तत्काल कारबाही अघि बढाउन आवश्यक सबुद प्रमाण पर्याप्त नभएको देखिएमा ।
(४) उपनियम (३) बमोजिम अनुसन्धान अधिकृतबाट तामेलीमा राख्न सिफारिस भई आएका उजुरीका सम्बन्धमा महानिर्देशकले आवश्यक जाँचबुझ गरी तामेलीमा राख्न वा सो उपर थप अनुसन्धान गर्न आदेश दिन सक्नेछ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपभोक्ताको हक, हित विपरीत हुने गरी भएको कुनै काम कारबाहीको सम्बन्धमा कुनै सञ्चार माध्यम वा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका सामग्रीलाई समेत बिभागले उजुरीको रूपमा लिई आवश्यक जाँचबुझ गर्न सक्नेछ।